Skip This
ट्याक्टरको ठक्करबाट पार्किङमा राखिएका चार मोटरसाइकलमा क्षति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
Invalid date format १६:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्याक्टरको ठक्करबाट पार्किङमा राखिएका चार मोटरसाइकलमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४२:oo

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिराहाको मिर्चैया नगरपालिका– ५ स्थित थानाचोकखण्डमा आइतबार दिउँसो तीव्र गतिमा रहेको ट्याक्टर सैलुनमा पसेर ठोक्किँदा पार्किङ गरेर राखिएका चारवटा मोटरसाइकलमा क्षति पुगेको छ।

उदयपुरको बेलसोतबाट डिजेको सामान लोड गरी मिर्चैयाको अरङतर्फ जाँदै गरेको ज.१त ३५२३ नम्बरको ट्याक्टरले थानाचोकदेखि पूर्वतर्फ रहेको पूजा हेयर कटिङ सैलुनअगाडि पार्किङ गरी राखिएका मोटरसाइकलहरूलाई ठक्कर दिँदै सैलुनको अगाडिपट्टिको पिल्लरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार ट्याक्टरको ठक्करबाट पार्किङमा राखिएका स.५प ७३६४, स.७प ४६८, म.प्र.०१–००४ प ४०८७ र स.३प ७३०६ नम्बरका चारवटा मोटरसाइकलमा सामान्य क्षति पुगेको छ। 

ट्याक्टरले ठक्कर दिएका मोटरसाइकलहरू सैलुनमा कपाल कटाउन र किनमेल गर्न आएका व्यक्तिहरूको रहेको जनाइएको छ। सैलुनअगाडिको पिल्लरमा ठोक्किएर भएको दुर्घटनामा मानवीय क्षति नभए पनि ट्याक्टरको अगाडिको इन्जिन बांगिएको छ।

प्रहरीका अनुसार ट्याक्टरचालक कल्याणपुर नगरपालिका– ८, मझौ गाउँका करिब ३५ वर्षीय उदगार मोचीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको छ। उदयपुर जिल्लाको कटारी नगरपालिकानिवासी जितेन्द्र साहको नाममा दर्ता रहेको ट्याक्टर बेलसोतमा शनिबार वैवाहिक कार्यक्रमपछि सिराहाबाट लगिएको डिजेका सामग्रीहरू बुझाउन फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।