Skip This
युद्धविरामका लागि रुस प्रतिबद्ध भए युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
रासस किभ
Invalid date format १५:१७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युद्धविरामका लागि रुस प्रतिबद्ध भए युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की

Read Time : < 1 मिनेट
रासस, किभ
नयाँ पत्रिका
Invalid date format १५:१७:oo

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’ रहेको बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको केही घण्टापछि जेलेन्स्कीले उक्त कुरा बताएका हुन्।

‘एक दिन पनि हत्या जारी राख्नुको कुनै तुक छैन। हामी आशा गर्दछौँ कि रुसले पूर्ण, स्थायी र भरपर्दो युद्धविरामको पुष्टि गर्नेछ र युक्रेन वाताका लागि तयार छ,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्।

जेलेन्स्कीले सन् २०२२ मा मस्कोको आक्रमणबाट सुरु भएको तीन वर्ष लामो युद्धलाई अन्त्य गर्न रुसले सुरक्षित अवतरण खोजिरहेको पनि दाबी गरे।

‘रुसले अन्ततः युद्ध अन्त्य गर्नेबारे सोच्न थालेको छ। यो सकारात्मक संकेत हो,’ जेलेन्स्कीले भने, ‘सारा विश्वले लामो समयदेखि यसको प्रतीक्षा गरिरहेको छ र कुनै पनि युद्धलाई वास्तवमै अन्त्य गर्ने पहिलो कदम युद्धविराम हो।’