१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o५:५५:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : खुसी हुने उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५५:oo

प्राचीन भादगाउँको एउटा गाउँमा एकजना वृद्ध बस्थे । उनी जहिल्यै उदास देखिन्थे । उनको जीवनमा गुनासै गुनासा मात्र थिए । उनी खुसी भएको गाउँलेले कहिल्यै देखेका थिएनन् । वृद्ध गाउँलेदेखि जहिल्यै आक्रोशित भइरहन्थे । उनी केही न केही भनेर सबैलाई गाली गरिरहन्थे । उनको यस्तो बानीबाट सारा गाउँ दिक्दार भइसकेको थियो । मानिसहरू उनको नजिक पर्नबाट जहिल्यै तर्किन्थे । उनका गुनासा सुन्न र गाली खान पर्ला भनेर गाउँलेहरू उनको आँगनमा टेक्नसम्म पनि डराउँथे ।

दिन बित्दै गए । गाउँलेले पनि उनलाई झेल्दै गए । हुँदाहुँदा उनी एक दिन ८० वर्षको उमेरमा प्रवेश गरे । उनले असीऔँ जन्मदिन मनाएको केही दिनमै एउटा अविश्वनीय घटना भयो । त्यस घटनाबारे गाउँभरि बिजुली वेगमा हल्ला फैलियो । वृद्ध निकै खुसी देखिन्छन् । उनको अनुहारमा मुस्कान छ । सबैसँग मिलनसार भएर नम्र व्यवहार गर्छन् । कसैलाई गाली गर्दैनन् भन्ने हल्लाले सिंगो गाउँमै तरंग ल्यायो । 

यो हल्ला फैलिएपछि सिंगो गाउँ नै उनको आँगनमा ओइरियो । उनको अवस्था देखेपछि सबैले एउटै प्रश्न गरे– अचानक यस्तो चमत्कार कसरी सम्भव भयो ? 

मुसुक्क मुस्कुराउँदै वृद्धले नम्र शैलीमा जवाफ दिए– हेर्नुस् गाउँलेहरू हो, यो कुनै चमत्कार होइन । यथार्थमा म विगत ८० वर्षदेखि जीवनको खुसी खोज्दै थिएँ । र, त्यो खोजी आजसम्म बेकार साबित भयो । त्यस खोजीले मलाई खुसी होइन, दुःखी बनायो । ८० वर्ष पुगेपछि मैले खुसीविनै बाँच्ने निर्णय लिएँ । मैले खुसीको खोजी त्यागिदिएँ । त्यसैले, म अहिले धेरै खुसी छु ।