१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
२o८२ बैशाख २५ बिहीबार १७:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकद्धारा स्क्यान टू क्यास सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १७:५२:oo

ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम अन्तर बैंक स्क्यान टू क्यास सेवाको सुरुवात गरेको छ। नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रूपमा महालक्ष्मी विकास बैंक बनेको छ।

यसअन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैकिङ एपमार्फत टेलर काउन्टरमा क्युआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन्। प्रारम्भिक चरणमा यस बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिनेछ। यस सुविधाको विस्तारसँगै परम्परागत रूपमा चेक वा एटिएम कार्डको प्रयोगमार्फत नगद झिक्नुपर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

डिजिटल नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मुजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा अलि पे प्लस नेटवर्कमार्फत क्रस बोर्डर क्युआर भुक्तानी सेवासमेत यसअघि सुरु गरिसकेको छ। यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरियालगायतका मुलुकबाट आएका पर्यटकहरूले नेपाल पे क्युआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रूपमा भुक्तानी गर्न सक्नेछन्।

बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ।