१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २५ बिहीबार १७:५४:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ३१२ पट्रोल, एक हजार ८४४ स्थानमा चेकप्वाइन्ट [भिडियाे]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १७:५४:oo

पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोल र एक हजार ८४४ स्थानमा चेकप्वाइन्ट राखेको छ।

बैशाख २३ गते मंगलबार बिहानदेखि बिहिबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल पट्रोल गरिएको छ।

एसएसबीसँग संयुक्त पट्रोल बैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ। त्यस्तै एकल पट्रोल बैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको एपिएफले जनाएको छ।

सोही अवधिमा सीमा इलाकाका एक हजार ८४४ ठाउँमा चेकप्वाईन्ट राखिएको छ। बैशाख २३ गते ५६४, २४ गते ६४० र २५ गते ६४० ठाउँमा चेकप्वाईन्ट राखिएको हो। सीमामा गस्ती, पट्रोल तथा चेकजाँच कार्यलाई निरन्तरता दिइएको एसशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। 

उक्त क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरुबाट १० हजारभन्दा बढि सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन भएका छन्।

एपिएफका अनुसार सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्य समेत कडाईकासाथ गरिएको छ। तर नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यस प्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्य समेत गरिएको छ। यसैगरी शहरी क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाईएको  डिएसपी थापाले बताए। 

हेर्नुस् भिडियाे :