१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
२o८२ बैशाख २५ बिहीबार १४:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीनै तहको सरकारबिच एक–अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १४:५९:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक–अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् ।

प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रादेशिक इकाइले आज धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तर्क्रिया एवं नीति, कार्यक्रम तथा बजेटसम्बन्धी छलफल कार्यक्रमको आज उनले उद्घाटन गरे ।

एक–अर्काको अस्तित्व स्विकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्दै जाने उनले बताए । ‘बजेट निर्माणमा सधैँ हामीले त्रुटि गरिरहने र जनताले गुनासो गरिरहने परिपाटीलाई पटकपटक दोहोर्‍याउने हो भने संघीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ,’ उनले भने ।

मुख्यमन्त्री शाहले तीन तहको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कार्यसूची प्रस्तुतिसहित स्वागत मन्तव्य राखे । अन्तर्क्रियामा विभागीय मन्त्री, विषयगत समिति सभापति, प्रदेश सभा सदस्य, मुख्यसचिव, विभागीय सचिव र सुदूरपश्चिमका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । रासस