
भारत र पाकिस्तानबिच द्वन्द्ध बढेसँगै भारतसँगको नेपालको सीमामा चेकजाँच बढाइएको छ। घुसपैठको आशंकामा सशस्त्र प्रहरी बलले चेकजाँच बढाएको हो।
मंगलबार राति भारतले पाकिस्तानको जम्मु-कस्मिर क्षेत्रमा हवाई हमला गरेको थियो। गत २३ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणको बदलामा सो हमला गरिएको भारतले जनाएको छ।
भारतको आक्रमणपछि पाकिस्तानले समेत त्यसको बदला लिने चेतावनी दिएपछि दुई देशबिच तनाव बढेको छ।
दुई देशको द्वन्द्वमा नेपाली भूमिसमेत दुरुपयोग हुन सक्ने भएकाले चेकजाँच बढाइएको गृह मन्त्रालय स्रोत बताउँछ। तराईका जिल्लामा सशस्त्र प्रहरीको जनशक्तिसमेत थप गरिएको छ।