१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Thursday, 08 May, 2025
गणेश लम्साल विराटनगर
२o८२ बैशाख २४ बुधबार १७:२३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोशीकाे बजेट अधिवेशन ४ जेठदेखि

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार १७:२३:oo

कोशी प्रदेश सभाको बजेट अधिवेशन ४ जेठबाट सुरु हुने भएको छ। कोशी सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बर्खे अधिवेशन ४ जेठदेखि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।

सिफारिसअनुसार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाको बजेट अधिवेशन ४ जेठ दिउँसो २ बजेदेखि औपचारिक रूपमा सुरु हुने सरकारका प्रवक्ता आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

कोशी प्रदेश सभाको छैठौँ तथा हिउँदे अधिवेशन ७ चैतमा अन्त्य भएको थियो।