१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Thursday, 08 May, 2025
२o८२ बैशाख २४ बुधबार १५:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारी कुटेको विरोधमा पोखरा महानगरका कर्मचारीले गरे कामकाज ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार १५:o८:oo

जनप्रतिनिधिले कर्मचारी कुटेको विरोधमा पोखरा महानगरका कर्मचारीले बुधबार महानगरको कामकाज ठप्प पारेका छन्।

मंगलबार पोखरा– ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले प्रशासन महाशाखाका सातौँ तहका अधिकृत ईश्वरीप्रसाद पोखरेललाई हातपात गरेको भन्दै कर्मचारीहरूले त्यसको विरोधमा बुधबार काम रोकेका हुन्।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्ष पराजुलीले पोखरेललाई हातपात गरेको बताइएको छ। हाल प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष दुवैजनाको मोबाइल स्विच्ड अफ छ।

महानरमा क्रियाशील कर्मचारी संघ–संगठनले कर्मचारी कुटिएको घटनाको विरोध गर्दै वडाध्यक्षलाई कारबाहीको माग गरेका छन्। स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।

उनीहरूले घटनामा संलग्न वडाध्यक्षलाई कानुनबमोजिम कारबाही गर्न मागसमेत गरेका छन्। कर्मचारी संघ–संगठनको आह्वानमा महानगरको काम ठप्प भएको हो।