१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १४:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाद्वारा विद्यालयलाई सेनिटरी प्याड डिस्पोजल मेसिन र खेलकुद सामग्री वितरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

अछाम जिल्लाकै अति विकट तुर्माखाँद गाउँपालिका– १, रहफमा नेपाली सेनाको गोरख बक्स गणले सेनिटरी प्याड डिस्पोजल मेसिन वितरण गरेको छ। रहफस्थित विन्द्रासैनी माविलाई मेसिन वितरण गरिएको हो।

विद्यालयमा अध्ययनरत महिनावारी हुने उमेर समूहका छात्रा तथा शिक्षिकाहरूलाई लक्षित गरी मेसिन वितरण गरिएको गोरख बक्स गण मंगलसेन ब्यारेकका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताए। उनले प्याड डिस्पोजल मेसिनको प्रयोगले विद्यालयको फोहोर व्यवस्थापनमा मद्दत पुग्ने र यसबाट विशेषगरी छात्राहरू लाभान्वित हुने बताए।

गणकै आन्तरिक स्रोत, साधन र जनशक्तिमार्फत निर्माण गरिएको यो मेसिन ब्यारेकका महिला सैनीकहरूले समेत प्रयोग गरिरहेको भन्दै गणपति अधिकारीले आवश्यकता र मागका आधारमा अन्य विद्यालयहरूमा समेत वितरण गर्न सकिने उल्लेख गरे। प्याड डिस्पोजल मेसिन प्रयोग गर्ने तरिका सिकाउँदै जमदार सुवर्ण खड्काले यसमा एकपटकमा पाँचवटासम्म प्याड डिस्पोज गर्न सकिने बताए।

तुर्माखाँद गाउँपालिका– १, रहफका वडाध्यक्ष उपेन्द्रबहादुर रावलले डिस्पोजल मेसिन प्रयोगमा आएपश्चात् शौचालय र विद्यालय वरपर जथाभावी फालिने प्रयोग गरिएका प्याडहरू व्यवस्थापन हुने बताए। त्यसका लागि वडा कार्यालयले समेत यसको व्यवस्थापनका लागि विद्यालयलाई आवश्यक सहयोग गर्ने उनले बताए। विद्यालयमा अध्ययन गर्ने छात्रालाई महिनावारीको समयमा सहज होस् भन्ने उद्देश्यले नेपाली सेनाले मेसिन वितरण गरेको हो।

गोरख बक्स गणबाट प्रमुख सेनानीसहित रहफ पुगेको सेनाको टोलीले वडा नम्बर १ मै रहेको जनज्योति आधारभूत विद्यालयमा निःशुल्क रूपमा भलिबल, नेट, लुँडो र चेसलगायतका खेलकुद सामग्रीसमेत वितरण गरेको छ। सेनिटरी प्याड डिस्पोजल मेसिन र खेलकुद सामग्री वडाध्यक्ष रावल र विन्द्रासैनी माविका सहायक प्रधानाध्यापक भविन्द्र बयक तथा जनज्योतिका सहायक प्रधानाध्यापक टोपेन्द्र बुड्थापालाई हस्तान्त्रण गरिएको थियो। 

जिल्लाकै सबैभन्दा पुछारमा रहेको रहफ छिमेकी जिल्लाहरू दैलेख र सुर्खेतको पूर्वी भागसँग जोडिएको छ। यहाँ पुग्न कर्णाली राजमार्गमार्फत दैलेख हुँदै तल्लो डुंगेश्वरस्थित कर्णाली नदी पार गरेर पुग्नुपर्ने बाध्यता छ।