१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:३८:oo
Read Time : < 1 मिनेट
विश्व

भारतद्वारा पाकिस्तानमा आक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:३८:oo

पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोधस्वरूप भारतले पाकिस्तानमा आक्रमण गरेको छ। आतंकवादी समूहलाई संरक्षण गरेको भन्दै मंगलबार रातिदेखि हवाई आक्रमण गरेको हो। यसलाई भारतले ‘अप्रेसन सिन्दुर’को नाम दिएको छ । 

आक्रमणमा ३० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। पाकिस्तानका सुरक्षा अधिकारीले आठजनाको मृत्यु भएको र ३० जना घाइते भएको विवरण सार्वजनिक गरेको छ। पाकिस्तानशासिन जम्मु–कस्मिरको विभिन्न स्थानमा भारतले आक्रमण गरेको हो। ती क्षेत्रमा आतंकवादी समूह बस्दै आएको भारतको दाबी छ। 

गत अप्रिल २२ मा जम्मु–कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमण भएको थियो। पाकिस्तानको संरक्षणमा सो आक्रमण भएको भारतले जनाएको छ। आक्रमणकारीहरू सजिलै पाकिस्तान भागेका थिए। 

पाकिस्तानी अधिकारीले भारतका पाँचवटा जेट खसालेको दाबी गरेका छन्। साथै, पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले आपतकालीन सुरक्षा बैठक बोलाएका छन्। पाकिस्तानले पनि भारतमाथि आक्रमण गर्न सक्ने आकलन गरिएको छ। दुवै देशका सीमा क्षेत्रका स्कुलसमेत बन्द गरिएका छन् । 

सो घटनापछि पाकिस्तानले पनि कस्मिरमा आक्रमण गर्दा तीन भारतीयको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।