
अन्तिम बलमा रोमाञ्चक जित निकाल्नै गुजरात टाइटन्स् आइपिएल २०२५ को शीर्षस्थानमा उक्लिएको छ। मुम्बई इन्डियन्स्लाई मंगलबार तीन विकेटले हराउँदै गुजरातले आठौं जित निकालेको छ। ११ खेलमा १६ अंकका साथ गुजराज अकंतालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
पहिले ब्याटीङ गरेको मुम्बईले १५५ रन बनाएको थियो। जवाफी ब्याटीङको क्रममा वर्षाले खेल अवरुद्ध भएपछि १९ ओभरमा छोट्याइएको थियो। १९ ओभरमा गुजरातले १४७ रनको लक्ष्य पाएको थियो। अन्तिम ओभरमा सात विकेट गुमाउँदा १५ रन तर अन्तिम बलमा एक रन चाहिएको अवस्थामा गुजरातले जित निकालेको हो।
हारका बाबजुत मुम्बइको प्लेअफमा पुग्ने सम्भावना अझै बलियो छ। १२ खेलमा सात जित निकालेको मुम्बई १४ अंगसहित अंकतालिकाको चौथो स्थानमा छ।