१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सातबुँदे सहमतिमा टेकेर नीति तथा कार्यक्रम : सांसद लामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२४:oo

एमाले सांसद तारा लामा तामाङले एमाले र कांग्रेसबिच भएको सातबुँदे सहमतिमा टेकेर नीति तथा कार्यक्रम आएको बताएका छन्।

आगामी आवको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा मंगलबार भाग लिँदै सांसद लामाले भने, ‘यो नीति तथा कार्यक्रम एकदम राम्रो, एकदम नराम्रो, परम्परागत र एकदम क्रान्तिकारीभन्दा पनि यथार्थलाई स्वीकार गरेको छ। सातबुँदेको आधारमा कार्यक्रम आएको छ।’

सरकारले चालू खर्चमा मितव्ययिता अपनाउन अनावश्यक र जागिर खुवाउनका लागि मात्र खडा भएका कार्यालय खारेज, उस्ताउस्तै प्रकृतिका कार्यालय मर्ज गरेर अगाडि बढ्ने भनेकाले कार्यान्वयन हुनुपर्ने उनले बताए।

सांसद लामाले नीति तथा कार्यक्रममा हेर्ने दृष्टिकोणमा फरकपना देखिएको बताए। ‘सरकारमा हुँदा एउटा, प्रतिपक्षमा हुँदा अर्को बोल्ने बानी छ, बाहिर माहोल के छ भनेर पूर्वाग्राही भएर बोल्ने बानी छ,’ उनले भने, ‘हामीले विगतमा नीति तथा कार्यक्रममा पपुलारिटीका लागि कार्यक्रम मात्र बढी हाल्थ्यौँ। कार्यक्रमलाई बढी जोड दिन्थ्यौँ, यसले हामी कार्यक्रममा चुक्थ्यौँ। अहिले यथार्थपरक आएको छ, अब नीति तथा कार्यक्रममा रहेर यथार्थपरक बजेट ल्याउनुपर्छ।’

नागरिक एप, राष्ट्रिय परिचयपत्रमा केही कमी–कमजोरी भए सुधार गर्दै व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने बताउँदै उनले भने, ‘आइटीको जमाना भएकाले  आइटीमा लगानी गर्नुपर्छ।’