१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २३ मंगलबार १६:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ज्योति विकास बैंक एनपिएस–एनसिएस र नेपालपे कार्डमा आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १६:५o:oo

ज्योति विकास बैंक र एनसिएचएलबिच एनपिएस–एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत प्रकाश बराल तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

एनसिएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू यसमा आबद्ध भइरहेका छन्।

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् ज्योति विकास बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन्।

एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचहरूबिच अन्तर आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदै छ। उक्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात् डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।