१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला राष्ट्रिय गोल्डकप : पुलिस गोल्डकपको फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान हेटौँडा- ६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टिमलाई ७-० गोलले हराउँदै पुलिस उपाधिनजिक पुगेको हो ।

पुलिसको जितमा मीना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरे । देउवाले खेलको २१औँ, ४०औँ र ५९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने  उपाध्यायले ३४, ६६ र ८०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । 

पुलिसको लागि थप एक गोल ४५औँ मिनेटमा सुष्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दी म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्। 

फाइनल प्रवेश गरेको पुलिस उपाधिका लागि बिहीबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र संकटा क्लबबिचको विजेतासँग भिड्नेछन् । 

एपिएफ र संकटाबिचको सेमिफाइनल खेल मंगलबार नै दिउँसो हुनेछ । खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।