१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रक ढुवानी क्षेत्रमा डिजिटलाइजेसनलाई तीव्रता दिन महासंघको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले एकदिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सर्लाहीदेखि पूर्वसम्मका विभिन्न ट्रक व्यवसायी संघसंस्थाका पदाधिकारीसहित १०० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी दिइएको थियो ।

महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँका अनुसार कार्यक्रममार्फत सहभागीहरूलाई क्युआर कोडमार्फत ट्रक ट्र्याकिङ, जिपिएस, अनलाइन भुक्तानी प्रणाली, कागजात व्यवस्थापन, ट्रक सञ्चालन, मर्मतसम्भार, ग्राहक सेवा, लोड-अनलोड व्यवस्थापन तथा वास्तविक समय निगरानीका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

उनले हाल देशभर २१ वटा धर्मकाँटा सञ्चालनमा रहेको उल्लेख गर्दै सबै धर्मकाँटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए। डिजिटलाइजेसनपछि ट्रकहरूको ओभरलोड नियन्त्रण, डेटा सुरक्षित राख्ने तथा ढुवानी प्रक्रिया पारदर्शी बनाउने लक्ष्य रहेको उनले बताए।

कार्यक्रममा महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले ओभरलोडका कारण सडक तथा राष्ट्रिय संरचनामा भइरहेको क्षतिको उल्लेख गर्दै यस्ता समस्या समाधान गर्न नियमनकारी निकायको संयोजनमा आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए।

महासंघले ट्रक ढुवानीमा देखिँदै आएको सिन्डिकेट अन्त्य गर्न डिजिटल प्रणालीलाई विकल्पका रूपमा अघि सार्दै लोड बोर्ड एप तयार भइसकेको जनाएको छ। साथै, ढुवानी सेवा पारदर्शी बनाउन एक ठाउँबाट अर्को ठाउँमा ट्रक सञ्चालनको सम्पूर्ण प्रक्रिया डिजिटल ट्रयाकिङमार्फत व्यवस्थित गरिने बताइएको छ।

महासंघले ट्रक व्यवसायको आधुनिकीकरणका लागि डिजिटल डाटाबेस, स्मार्ट कार्ड प्रणाली, ट्रक रुट नियमन, सवारी पास तथा बिमा प्रणालीलाई पनि अनलाइन प्रणालीमा रूपान्तरण गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

कार्यक्रमको निष्कर्षमा महासंघले सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै ट्रक यातायातको डिजिटल रूपान्तरणलाई संस्थागत ढंगले अघि बढाउने प्रतिबद्धता जनाएको छ।