
प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच सिंहदरबारमा छलफल भएको छ। उनीहरूबिच संक्रमणकालीन न्याय तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा माओवादी नेता वर्षमान पुन तथा प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलसमेत सहभागी थिए।