१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अपोलो अस्पतालमा नबिल बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबिच समझदारी-पत्रमा हस्ताक्षर भएको छ। नबिलका ग्राहकलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ।

बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानुन) सुशीलकुमार चापागाईंले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार अब नबिल बैंकका सेवाग्राहीहरूले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन्।

नबिल बैंकका प्रमुख बजार अधिकृत सुवेदीले यो समझदारीले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने बताए। समझदारीपछि नबिल बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीहरूले भारतस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट र भारतमा उपचार गर्नका लागि आवश्यक परामर्श तथा सुविधाहरू पाउने बैंकले जनाएको छ।

यस सहकार्यबाट भारतमा विशेष स्वास्थ्य सेवा लिन चाहने नेपालीले अस्पतालमा डाक्टर छनोट गर्न र यात्राको व्यवस्थापनमा भोगिरहेको समस्या समाधानमा सहयोग पुग्नेमा बैंकले विश्वास गरेको छ।

ग्राहकले बैंकका डेबिट तथा क्रेडिट कार्ड, नबिल क्युआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्स्फरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्नेछन्। उक्त समझदारी दुई वर्षसम्म लागू हुने जनाइएको छ।

अपोलो इन्फर्मेसन सेन्टर अपोलो अस्पताल इन्टरप्राइजेज लिमिटेड भारतको आधिकारिक प्रतिनिधि संस्था हो। जसले दक्ष स्वास्थ्यकर्मी र अनुभवी उद्यमीहरूसहित काठमाडौंको नक्सालमार्फत सेवा प्रवाह गर्दै आएको छ।