
भारतीय फिल्म ‘हिट : द थर्ड केस’ नेपालमा पनि प्रदर्शनमा आएको छ। नानी स्टारर यो फिल्म बिहीबारदेखि नेपाली हलमा लागेको हो।
यस फिल्मलाई कन्सेप्ट भिजन इन्टरटेनमेन्टले नेपाल ल्याएको हो। नेपाली हलमा यस फिल्मले राम्रै सो पाएको छ।
फिल्ममा नानीसहित श्रीनिधि सेट्टी, सूर्या निवास, प्रतीक बब्बरलगायतको अभिनय छ। नानी अभिनेतासँगै यस फिल्मको सहनिर्मातासमेत हुन्। सैलेश कोलानु निर्देशित फिल्म सस्पेन्स एक्सन थ्रिलर जनरामा बनेको हो।
यो फिल्म सन् २०२० मा रिलिज भएको ‘हिट’ को तेस्रो श्रृंखला हो। पहिलो फिल्मको सफलतासँगै सन् २०२२ मा ‘हिटः द सेकेन्ड केस’ आएको थियो।