१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २० शनिबार १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार

नागार्जुनमा भान्जाले गरे मामाको हत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार १८:o८:oo

काठमाडौंको नागार्जुनमा सामान्य विवादमा भान्जाले मामाको हत्या गरेका छन्। 

नागार्जुन नगरपालिका–३, रातामाटे बस्ने सिन्धुली फिक्कल गाउँपालिका–५ घर भएका ४५ वर्षीय सन्तोष माझीको उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २८ वर्षीय सुरज तामाङले हत्या गरेका हुन्। सुरजलाई प्रहरीले पक्राउ गरेको छ।  

गाली गरेको विषयमा विवाद हुँदा फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको  हो। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सुरजलाई घटनास्थलबाटै पक्राउ गरेको हो। दुवैले मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनीहरू ज्याला मजदुरी गर्दथे।