
आगामी आर्थिक वर्ष ०८२/८३ को नीति कार्यक्रममा जीर्ण सार्वजनिक संस्थानलाई उपयुक्त मोडलका आधारमा निजी क्षेत्रलाई हस्तान्तरण गरिने विषय समेटिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमार्फत सार्वजनिक गरिरहेको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थान निजी क्षेत्रलाई हस्तान्तरण र सम्पत्तिको उपयुक्त विकल्पबाट औद्योगिकीकरण गर्ने जानकारी दिएका हुन् । सरकारले यसअघि नै सातवटा संस्थानलाई निजीकरण गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।