
आगामी दशकलाई सरकारले आन्तरिक रोजगारी दशकका रूपमा मनाउने भएको छ।
शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यससम्बन्धी जानकारी दिएका हुन्। आन्तरिक रोजगारीका अवसर बढाउने सरकारको उद्देश्य छ।