१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १९ शुक्रबार १५:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आव ०८२/८३ को नीति तथा कार्यक्रम : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाम फेरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १५:३५:oo

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाम फेरेर राष्ट्रिय एकीकृत कृषि परियोजना राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको नाम छुएिका परियोजनाको प्रगति सन्तोषजनक नभएको, तर प्रधानमन्त्रीले अपजस लिनुपर्ने भएपछि नाम फेर्नेबारेमा यसअघि नै प्रधानमन्त्री केपी ओलीले जानकारी दिइसकेका थिए ।

संसदमा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि अनुसन्धान परिषद्लाई पुनर्संरचना गर्ने, कृषि बिमाको दायरा विस्तार गर्ने, चक्लाबन्दी खेतीलाई प्रवर्द्धन गर्ने, जंगली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न उपयुक्त प्रविधि अपनाउने र किसानले पाउने सबै सुविधालाई राष्ट्रिय परिचयपत्रसँग जोडेर कार्यान्वयन गर्ने उल्लेख छ ।