१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
२o८२ बैशाख १९ शुक्रबार १५:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्ता छन् आगामी नीति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालयले गरेका प्रस्तावहरू 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १५:२४:oo

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालयले नसर्ने रोग, स्वास्थ्य बिमा, १४ वर्षमुनिका बालबालिकाको मुटु र क्यान्सरको निःशुल्क उपचार, स्वास्थ्य पूर्वाधारलगायतलाई प्राथमिकतामा राखेर प्रस्ताव पठाएको थियो ।

सोहीअनुसारकै नीति तथा कार्यक्रम आउने अपेक्षा मन्त्रालयले राखेको छ  स्वास्थ्य मन्त्रालयका अनुसार २४ वटा प्रस्ताव पठाइएको थियो । त्यसमध्ये केही फेरबदल भएर १६ वटा प्रस्ताव समेटिने सम्भावना रहेको स्वास्थ्यसचिव विकास देवकोटाले जानकारी दिए ।

‘यसपटक हामीले नसर्ने रोग, स्वास्थ्य बिमा र पूर्वाधारलाई बढी प्राथमिकतामा राखेर प्रस्ताव पठाएका छौँ, त्यसमा केही फेरबदल पनि होला,’ उनले भने, ‘हामीले महत्त्व र प्राथमिकताका आधारमा प्रस्ताव पठाएका थियौँ ।’ उनका अनुसार आधारभूत स्वास्थ्य सुधार, बिमा सुधार, नसर्ने रोग, स्वास्थ्य पूर्वाधार, जनशक्ति, औषधिलगायतका आधारमा प्रस्ताव गरिएको थियो ।

मन्त्रालयले सडक दुर्घटना, मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका कार्यक्रमलाई पनि प्रस्तावमा समेटेको छ ।

सात प्रदेशमा बर्न अस्पताल र मुटुरोगसम्बन्धी उपचार केन्द्र स्थापनाको विषयले पनि प्राथमिकता पाउने  बताइएको छ । यसबाहेक हाल स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडलले अभ्यासमा ल्याएका कतिपय कार्यक्रमलाई नीतिगत रूपमा समेटिने बताइएको छ । भर्खरै मात्र राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजिक गर्दै छन् ।