
शुक्रबार बिहानका लागि तय भएको राज्यमन्त्रीको शपथ र मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। १० बजेका लागि शपथ र मन्त्रिपरिषद् तय गरिएको छ।
आजको बैठकले गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना थियो। एक्कासि बैठक स्थगित गरिएको छ। सत्तारुढ दलबिच गभर्नर नियुक्तिको विषयमा अझै समझदारी नहुँदा बैठक रोकिएको आशंका गरिएको छ।
गत बुधबार ऊर्जाराज्यमन्त्रीमा नियुक्त भएका कांग्रेस सांसद खमबहादुर गर्बुजाको शपथ शुक्रबार बिहानका लागि तय गरिएको थियो।