१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३८:oo
Read Time : < 1 मिनेट
समाचार

बलात्कार मुद्दामा फरार युवकलाई साउदी अरबमा पक्राउ गरी नेपाल ल्याइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३८:oo

जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार युवकलाई साउदी अरबमा पक्राउ गरी नेपाल ल्याइएको छ । दोलखा गौरीशंकर गाउँपालिका–५, सुरी डाँडाटोल ठेगाना भएका बागसिं भन्ने रबिन तामाङ बिहीबार पक्राउ परेका हुन्। साउदी अरबबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसिबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो। 

जबर्जस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध  भएकोमा एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३  अगस्ट २१  मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो। नेपाल प्रहरीले इन्टरपोलमार्फत साउदीको प्रहरीसँग समन्वय गरी त्यहाँ पक्राउ गरेर कानुनी प्रक्रिया पूरा गरी नेपाल निष्कासन गरेको थियो।