१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केबलकारमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२७:oo

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब लुम्बिनी केबलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्राप्त हुने भएको छ। आइएमई लाइफ र लुम्बिनी केबलकार प्रालिबिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान–प्रदान गर्ने समझदारी भएको हो।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीकका बिमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app)मा रहेको बिमालेख देखाई छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन्।

यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्ध प्रभावकरी बनाउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने कम्पनीले जनाएको छ।

साथै छुट सुविधा लिनका लागि लुम्बिनी केबलकारको टिकट काउन्टरमा गई टिकट खरिद गर्नुपर्नेछ। भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजाने लक्ष्य लिएको छ।