
इन्डियन प्रियमर लिग २०२५ मा चेन्नइ सुपर किंग्सको खराब प्रदर्शन जारी छ । बुधबारको खेलमा चेन्नइ पञ्जाबसँग ४ विकेटले पराजित भएको छ। १० खेलमा यो चेन्नइको आठौं हार हो।
सुरुमा ब्याटीङ गरेको चेन्नइ १९० रनमा अलआउट भएको थियो। लक्ष्य पछ्याउने क्रममा पञ्जाबले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।
यो जितसँगै पञ्जाव अंकतालिकको दोस्रो स्थानमा उक्लिएको छ। १० खेलमा उसले ६ जित निकालेको छ भने एक खेल खराब मौसमका कारण रद्द भएको थियो। अंकतालिकाको पहिलो स्थानमा रहेको बैंलोरको १४ र दोस्रो स्थानमा रहेको पञ्जाबको १३ अंक छ।
चार खेल बाँकी रहँदै चेन्नईको प्लेअफमा पुग्ने सम्भावना सम्भावना समाप्त भएको छ। १० खेलमा चेन्नइले दुई खेल मात्र जितेको छ।