१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २१ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २१ बिहीबार १८:५२:oo
Read Time : > 1 मिनेट
समाचार

बागमतीसहित उपत्यकाका चार नदीबाट १४३ टन फोहोर संकलन

प्लास्टिकजन्य फोहोर पुनर्चक्रणबाट उपयोग गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २१ बिहीबार १८:५२:oo

काठमाडौं उपत्यकामा बागमतीसहित चार नदी खोलाबाट एक सय ४३ टन फोहोर निकालिएको छ। गत १२ वैशाखबाट थालिएको नदी सरसफाइ अभियानमार्फत चार नदीखोलाका १६ ठाउँमा सरसफाइ गरेर फोहोर संकलन गरिएको फोहोरमध्ये ६८.९३८ टन प्लास्टिक रहेको छ।

क्लिन अफ नेपालका कार्यकारी निर्देशक रवीन्द्र लामिछानेका अनुसार मनोहराबाट एक लाख १८ हजार ५०० केजी, बागमतीबाट १४ हजार ११५ केजी, बल्खुखोलाबाट आठ हजार ९१७ केजी र बल्खुखोलाबाट एक हजार ९६९ केजी फोहोर संकलन गरिएको हो। 

प्लास्टिक, सिसा, कपडा र अन्य सामग्री संकलन गरिएको हो। संकलन भएको १४३ टनमध्ये बायोकम्प नेपालले ६८.९६ टन प्लास्टिक पुनर्चक्रणका लागि उपयोग गरिने भएको छ। बायोकम्प नेपालले १७ मार्च २०२५ मा सिमरामा नयाँ प्लास्टिक पुनर्चक्रण केन्द्र सञ्चालनमा ल्याइसकेको छ। बाँकी फोहोर टेकुस्थित ट्रान्सफर स्टेसन र ललितपुर ट्रान्सफर स्टेसन हुँदै ल्याल्डफिलसाइटमा पठाएको लामिछानेले बताए।

बायोकम्प नेपालले पिपल इन निड र क्लिन अप नेपालसँगको साझेदारीमा सञ्चालित रिभर प्लस परियोजनाअन्तर्गतको नदी सरसफाइ अभियानबाट बुधबार मात्र ललितपुर महानगरपालिका–४ स्थित बागमती करिडोर क्षेत्रमा सरसफाइ गरिएको छ। त्यहाँबाट तीन हजार ४१८.१३० केजी फोहोर संकलन भएको छ।

नदी सफाइ अभियानमा सयजना स्वयंसेवक, सय स्थानीय, नेपाल प्रहरी र विभिन्न विद्यालयका विद्यार्थीको सहभागी थिए। यो अभियानलाई प्लास्टिक फ्री रिभर्स एन्ड सिज फर साउथ एसिया परियोजनाले आर्थिक सहयोग गरेको छ। परियोजना साउथ एसिया को–अपरेटिभ इन्भाइरन्मेन्ट प्रोग्रामद्वारा कार्यान्वयन भइरहेको छ। जसलाई विश्व बैंकले सहयोग गरेको छ र युएनओपिएसबाट कार्यान्वयन सहयोग प्राप्त छ। बागमती, विष्णुमती र मनोहरा नदीमा प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले प्लास्टिक संकलन तथा पुनर्चक्रण गर्ने लक्ष्य राखिएको लामिछानेले बताए।  

बायोकम्प नेपालका कार्यकारी अधिकृत मार्टेन नाइजोफले अनौपचारिक सरसफाइकर्मीलाई तालिम दिएर कम घर, उद्योग, नदी, सडक र फोहोर व्यवस्थापन केन्द्रबाट कम गुणस्तरका प्लास्टिकका फोहोर संकलन भइरहेको बताए। संकलित प्लास्टिकलाई विशेष आर्थिक क्षेत्र, सिमरामा स्थापना गरिएको शून्य–उत्सर्जन प्लास्टिक पुनर्चक्रण केन्द्रमा लगेर प्लास्टिक कम्पोजिट बोर्डमा परिवर्तन गरिन्छ। ‘यी कम्पोजिट बोर्डहरू यसको जीवनचक्रको अन्त्यमा पुनः पुनर्चक्रण गरिनेछ,’ उनले भने। 

ललितपुर महानगरपालिका–२ का वडाध्यक्ष राजेशकुमार महर्जनले नदी सफाइ अभियानले नदीको महत्त्व र प्लास्टिक प्रदूषणलाई न्यूनीकरण गर्न सहयोग गरेको बताए। ललितपुर महानगर, वातावरण विभागका प्रमुख सानुमैँया महर्जनले महानगरले विभिन्न वडामा प्लास्टिक फोहोरलाई स्रोतमै वर्गीकरण गरिरहेको बताइन्।