१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १९:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डढेलाे बस्तीमा पस्दा रामेछापमा दुई घर र तीन गोठ जले

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १९:३६:oo

घरनजिकैको वनमा लागेको आगो बस्तीमा पस्दा रामेछाप नगरपालिका–५ को ठिंग्रे, चुकिया र स्वांग्रा गाउँमा दुुईवटा घर र तीनवटा गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

मंगलबार दिउँसो बस्तीनजिकै जंगलमा लागेको आगो बढ्दै जाँदा मानव बस्तीमा पसेको थियो। हावासँगै सल्किएको आगो एकाएक घरमा लागेपछि स्थानीयहरूको भागाभाग भएको थियो। मानवीय क्षति नभए पनि घरमा भएको अन्नपात, लत्ताकपडा र भाँडावर्तन सबै जलेर नष्ट भएको रामेछाप नगरपालिका– ५, रामपुरका वडाध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिए।

आगलागीबाट गोठमा बाँधिराखेका पाँचवटा खसी-बाख्रासमेत जलेको बताइएको छ। उक्त क्षेत्रमा लागेको आगो निभाउन स्थानीय नागरिक, प्रहरीलगायतको टोली लागिपरे पनि हावाको वेग तिव्र भएकाले आगो नियन्त्रणभन्दा बाहिर छ। आगलागी भइरहेको स्थाननजिकै पाँच घर रहेका र ती घरसमेत जोखिममा परेका वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

चैत्र महिनाको पहिलो सातादेखि नै रामेछापका विभिन्न स्थानमा आगलागीका घटनाहरू बढ्दै गएका छन्। विभिन्न सामुदायिक वनमा आगोे लगाउँदै गरेको अवस्थामा प्रहरीले दोरम्बा र रामेछापबाट गरी ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुुझाएको छ।