१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format १९:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यसम्पादनको आधारमा प्रहरी निरीक्षक जिसी सम्मानित

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format १९:२९:oo

उत्कृष्ट कार्यसम्पादन गर्ने इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसी नगदसहित सम्मानित भएका छन्।

सांगठनिक नीति निर्देशनबमोजिम दिइएका पदीय दायित्व इमानदारी, बफादारी, लगनशील र व्यावसायिकताका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्यसम्पादन गरेकाले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जिसीलाई सम्मान गरेका हुन्। इलाका प्रहरी कार्यालय पिपराले सेवाग्राहीलाई थप प्रभावकारी सेवा दिन कार्यालयमा निवेदन दिएका पीडितहरूलाई फलोअप भिजिट गर्न तथा न्याय प्राप्तिको प्रक्रिया छिटो र सहज बनाउन सहयोग गर्ने जिम्मा जिसीलाई दिएको थियो।