Skip This
नेपालले पहिलोपटक सिंगापुरलाई हरायो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ८ शुक्रबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ८ शुक्रबार २o:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले पहिलोपटक सिंगापुरलाई हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ८ शुक्रबार २o:३६:oo

जिलेस्पीजंग कार्कीको निर्णायक गोल प्रेरित नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलोपटक हराएको छ । शुक्रबार सिंगापुरको घरेलु मैदानमा जिलेस्पीले पहिलो हाफमै गरेकाे गोल निर्णायक बन्यो । यसअघि तीन खेलमा १२ गोल व्यहोरेको नेपालले सिंगापुरविरुद्ध चौथो भेटमा भने १२औँ मिनेटमै अग्रता बनायो । 

मनीष डाँगीले मैदानको बायाँ भागबाट मिलाएको सुन्दर पासलाई पेनाल्टी बक्सभित्रबाट जिलेस्पीले उत्कृष्ट गोल गरेका हुन् । जिलेस्पीको प्रहारलाई सिंगापुरका गोलकिपर इजवान मोहबुदले रोक्नै सकेनन् । बाँकी समय सिंगापुरले नेपाललाई दबाबमा राखे पनि नेपालले डिफेन्सिभ गेम खेल्दै जित निकालेको हो । कप्तान किरणकुमार लिम्बूले आधा दर्जनभन्दा बढी प्रहार रोकेका थिए । 

पहिलो खेल खेलाइरहेका मुख्य प्रशिक्षक म्याट रसले सानदार सुरुवात गरेका छन् । उनले आफ्नो पहिलो खेलमा रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरीलाई पनि डेब्यु गराए  । अब नेपालले मंगलबार एसियन कप छनोटमा मलेसियासँग खेल्नेछ ।