१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २१:o५:oo
Read Time : < 1 मिनेट
प्रदेश

एसइईमा बागमतीका एक लाख आठ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o५:oo

भोलिबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) ०८१ मा बागमती प्रदेशबाट एक लाख आठ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लाबाट नियमित तथा ग्रेडवृद्धि गरी एक लाख आठ हजार २६५ जना विद्यार्थी एसइईमा सहभागी हुने भएका हुन्। 

परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति बागमती प्रदेशका अध्यक्षसमेत रहेका सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेले परीक्षामा ५२ हजार ४९० जना छात्रा, ५५ हाजर ७७३ जना छात्र र दुईजना अन्य रहेको जानकारी दिए। उनका अनुसार प्रदेशका १३ जिल्लामा ४३८ परीक्षा केन्द्रको व्यवस्था गरी सञ्चालन हुनेछ। 

सचिव गैरेका अनुसार प्रदेशमा सबैभन्दा बढी काठमाडौंका ३९ हजार ३८२ जना र सबैभन्दा कम रसुवाका ५३३ जना विद्यार्थी एसइईमा सहभागी हुनेछन्। 

यसैगरी, भक्तपुरका ६ हजार ५९४, चितवनाका १२ हजार ४६०, धादिङका पाँच हजार ४६४, दोलखाका दुई हजार ८३३, काभ्रेका ६ हजार ३९७, ललितपुरका दश हजार ५९९, मकवानपुरका सात हजार ४८१, नुवाकोटका चार हजार ६१४, रामेछापका दुई हजार ७०४, सिन्धुलीका पाँच हजार ७८१ र सिन्धुपाल्चोकका तीन हजार ४२३ जना विद्यार्थीले एसइईमा सहभागिता जनाउनेछन्।

सचिव गैरेले परीक्षालाई व्यवस्थित, अनुशासित मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गरी भयरहित एवं मर्यादित वातावरणको सुनिश्चितता गर्न स्थानीय प्रशासन, स्थानीय तह, शिक्षकका पेसागत संगठन तथा विद्यालय व्यवस्थापन समितिलगायत सबैसँग आग्रहसमेत गरेका छन्।