१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश सुनार कालीकोट
Invalid date format २o:३९:oo
Read Time : < 1 मिनेट
समाचार

जनचेतना बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

Read Time : < 1 मिनेट
रमेश सुनार, कालीकोट
नयाँ पत्रिका
Invalid date format २o:३९:oo

जिल्लाको  सान्नीत्रिवेणीस्थित जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा अखिल क्रान्तिकारीको टिम विजयी भएको छ। १९२ मत खसेको निर्वाचनमा अखिल क्रान्तिकारीका बसराज बोहोराले १०६ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी अनेरास्ववियुका अमराज बरालले ८५ मत पाए। सचिवमा क्रान्तिकारीका ध्रुवराज सन्ज्यालले ११९ मत पाउँदा नेविसंघका रमेश बुढाले ६५ मत ल्याए।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी अग्निजा आचार्यले ११६ मत ल्याई विजयी भइन्। सदस्यमा अखिल क्रान्तिकारीका सुमितराज कार्कीले १०६ र अनेरास्ववियुका राधिका फर्सालले १०१ मत ल्याएर विजयी भए।

जनचेतना क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल थियो भने अखिल क्रान्तिकारी, समाजवादी अखिलसहितको अर्को गठबन्धन चुनावी प्रतिस्पर्धामा थिए।