Skip This
अनलाइन टिभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबिच एकीकरण
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ६ बुधबार २o:२३:oo
Read Time : < 1 मिनेट
समाचार

अनलाइन टिभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबिच एकीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार २o:२३:oo

अनलाइन टिभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबिच एकीकरण भएको छ। अब दुवै संस्था अनलाइन टिभी पत्रकार संघका रूपमा अगाडि बढ्नेछन्।

एकीकरणले अनलाइन टिभी पत्रकारितामा एकता, सहकार्य र पेसागत मर्यादा अभिवृद्धि गर्ने विश्वास गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए। 

डिजिटल मिडिया पत्रकार संघका सदस्यहरू अब अनलाइन टिभी पत्रकार संघका नियमित सदस्य बन्ने भएका छन् भने डिजिटल मिडिया पत्रकार संघ बन्द गरिने भएको छ। 

एकीकृत संघको नेतृत्वका लागि आगामी अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिने सम्झौतापत्रमा उल्लेख छ।

अनलाइन टिभी पत्रकार संघका वरिष्ठ उपाध्यक्ष संजीव रेग्मी र डिजिटल मिडिया पत्रकार संघका उपाध्यक्ष भोजराज थापाले हस्ताक्षर गरेको सम्झौतापत्रमा डिजिटल मिडिया पत्रकार संघको सबै दायित्व, प्रशासनिक जिम्मेवारी तथा आर्थिक हिसाब–किताब त्यही संघले व्यवस्थापन गर्ने उल्लेख छ।