१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

चीन लैजान लागिएको करोडौँ रकम बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:१o:oo

चीन लैजान लागिएको करोडौँ रकम प्रहरीले बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति एक कन्टेनरबाट पैसा बरामद गरेको हो। नेपाली पैसासहित ठुलो मात्रामा अमेरिकी डलर बरामद भएको छ। 

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले पैसा गन्ने काम भइरहेको र २ बजे पत्रकार सम्मेलन गरी विस्तृत सार्वजनिक गरिने बताए। 

प्रारम्भिक अनुसन्धानमा यसमा चिनियाँ गिरोहको संलग्नता देखिएको छ। प्रहरीले चालकलगायत गिरोहका तल्लो तहका केही व्यक्तिलाई पक्राउ गरेको छ। बरामद रकम करिब २५ करोडबराबरको भएको एक प्रहरी अधिकारीले बताए।