१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १७:o४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

खाँदबारी-मानेभञ्ज्याङ सडकखण्ड कालोपत्रेको तयारी

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

राष्ट्रिय गौरवको खाँदबारी–किमाथांका राजमार्गको काममा प्रगति हुन थालेको छ। सदरमुकाम खाँदबारीदेखि किमाथांकासम्मको १६२ किलाेमिटर सडकमध्ये खाँदबारी–मानेभञ्ज्याङ खण्ड कालोपत्रेको तयारी भइरहेको छ।

उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख इन्जिनियर रामबहादुर गुरुङले खाँदबारी–नुम सडकखण्डको कामले प्रगति लिएको बताए। उनले खाँदबारी लभिङहिलदेखि पहिलो खण्ड १४ किलाेमिटर सडकको कालोपत्रेको काम सुरु गरिसकेको बताउँदै पहिलो चरणमा सात–आठ किलाेमिटर सडक कालोपत्रे हुने बताए। ‘यो वर्ष खाँदबारी–नुम ३९ किलाेमिटरमध्ये २५ देखि ३० किलाेमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ। बाँकी सडक आगामी वर्ष हिउँदमा नुमसम्म नै कालोपत्रे हुन्छ,’ गुरुङले भने, ‘खाँदबारी–नुम कालोपत्रेसँगै स्तरोन्नतिको काम भइरहेको छ भने त्यहाँभन्दा माथि किमाथांकासम्म नै सडक स्तरोन्नति र पुल निर्माणलगायतका कामहरू भइरहेको छ।’

उत्तर–दक्षिण कोशी सडक कार्यालयले खाँदबारी–नुम ३९ किलाेमिटर सडकलाई तीनवटा खण्डमा बाँडेर ठेक्का आह्वान गरेको थियो। खाँदबारी–थामसेर्कु १४ किलाेमिटर, थामसेर्कु–कप्ताने १२ किलाेमिटर र कप्ताने–नुम १३ किलाेमिटर सडकको तीनवटा खण्डमा शर्मा शिवशक्ति जेभीले ठेक्का पारेको थियो। खाँदबारी–नुम ३९ किलाेमिटर सडकको कालोपत्रे गर्ने ठेक्का लागेको चार वर्ष भएको छ। ०७८ असार १७ गते शर्मा शिवशक्ति जेभीले कालोपत्रे गर्ने सम्झौता गरेको थियो। आगामी २०८२ भदौ २६ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भनेर चौथोपटक म्याद थप भएको छ। एक अर्ब २७ करोडमा सडक कालोपत्रे गर्ने सम्झौता गरेको उत्तर–दक्षिण कोशी सडक कार्यालयले जनाएको छ।

भारत, नेपाल र चीन जोड्ने त्रिदेशीय लिंकको रूपमा रहेको मोरङको जोगवनीदेखि चीनको सीमावर्ती क्षेत्र किमाथांका जोड्ने सिधा र नेपालको सबैभन्दा छोटो राजमार्ग हो। जोगवनीदेखि किमाथांका नाकाको कुल लम्बाइ ३६२ किलाेमिटर छ। यो राजमार्ग नेपालको सबैभन्दा छोटो र बाह्रै महिना सञ्चालन हुन सक्ने मानवबस्तीसहितको राजमार्ग हो। किमाथांकासम्मको सडकसमेत गत माघ १४ गते ‘ब्रेक थु्’ भइसकेको छ।

लामो समय हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकमा यात्रा गरेका उत्तरीभेगका मानिस सडकको प्रगतिसँगै खुसी हुन थालेका हुन्। खाँदबारी–४ सेकाहाका ७३ वर्षीय नन्दबहादुर गुरुङले खाँदबारीदेखि उत्तरीभेगका सडकको कालोपत्रे हुने भनेपछि निकै खुसी लागेको बताए।

उनीजस्तै सेकाहाका अर्का स्थानीय नगेन्द्रकुमार गुरुङले जतिसक्दो चाँडो सडक कालोपत्रे हुनुपर्ने बताए। उनले चार वर्षअघि नै कालोपत्रे गर्ने ठेक्का लागेको सडकको काम ढिलाइ भएकोमा बेखुसी देखिए पनि अहिले कालोपत्रेको काम सुरु भएकाले आशा जागेको बताए।