१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १६:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराजका दुई क्लिनिक बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १६:४८:oo

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजविराजस्थित निजी अस्पतालहरूको अनुगमन गरेका छन्। आइतबार बिहान राजविराजमा अनुगमन सुरु भएपछि निजी क्लिनिक सञ्चालक पसल बन्द गरेर हिँडेका थिए।

अधिकांश क्लिनिक बन्द भएपछि राजविराजका सातवटा निजी अस्पतालहरूमा मात्र मुख्यमन्त्री सिंहले अनुगमन गरे। तीमध्ये दुईवटा अस्पताल नियमविपरीत सञ्चालन गरेको पाइएपछि उनले बन्द गर्न निर्देशन दिएका छन्।

डा. दिलीप साहको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टरलाई बन्द गर्न भनिएको हो।

स्थानीय तहबाट सञ्चालनको अनुमति लिएर पनि मापदण्ड पूरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पूरा गर्नसमेत निर्देशन दिइएको मुख्यमन्त्री सिंहले बताए। युनिक सिटी अस्पताललाई दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ।