१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी थापा पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१८:oo

नयाँ पत्रिका दैनिकका काभ्रे संवाददाता इन्द्रबहादुर थापा पुरस्कृत भएका छन्। थापा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएका हुन्।

शुक्रबार रामेछापको मन्थलीमा आयोजित फोनिज बागमती प्रदेश समितिको तेस्रो प्रादेशिक महाधिवेशन उद्घाटन समारोहमा थापालाई पुरस्कृत गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर लामा (कान्छाराम) र फोनिज संघीय समितिका अध्यक्ष गजुर्धन राईले नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरे। 

थापा फोनिज काभ्रे जिल्ला अध्यक्षसमेत हुन्। उनीसँगै फोनिज मकवानपुरकी सहसचिव निशा गुरुङसमेत पुरस्कृत भएकी छिन्।

यस्तै, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्षसहित बागमती प्रदेश कार्यसमिति र केन्द्रीय समितिमा निर्वाचित तथा प्रादेशिक महाधिवेशन रामेछापमा आयोजना गर्ने फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।