१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:५६:oo
Read Time : > 1 मिनेट
समाचार

राजाको बहसमा नअल्मलिउ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि लड्ने बेला आयो : तोसिमा कार्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:५६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि लड्ने बेला आएको बताएकी छन् । उनले राजा फर्काउने नाममा नअल्मलिन नागरिकलाई अपिलसमेत गरेकी छन् ।

राजावादीहरुले आइतबार गरेको र्यालीप्रति टिप्पणी गर्दै कार्कीले अहिलेका दल र नेताहरु असफल भइसकेको, भ्रष्टाचार मौलाएको भन्दै व्यवस्थामा आमुल सुधारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जरुरी भएको उल्लेख गरेकी हुन् । 

‘जबसम्म भ्रष्ट मानसिकता भएकाहरू मन्त्रिमण्डलमा बसिरहन्छन्, ठेक्कापट्टा मिलाउँछन्, जनताको करले आफ्नो दुनो सोझ्याउँछन् तबसम्म राजा आए पनि गणतन्त्र आए पनि देश बन्दैन। त्यसैले राजा चाहिन्छ या चाहिँदैन वा राजा को बन्ने या नबन्ने भन्ने बहसमा अल्मलिनुभन्दा पनि देशको लागि अझ एक कदममाथि उठेर यो देश बनेको हेर्न चाहने तपाईँ हामी सबै मिलेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनको लागि लड्ने बेला आएको छ,’ उनले भनेकी छन् । 

यस्तो छ सांसद कार्कीको धारणा 
हामीले सुरुवाती दिनदेखि भन्दै आएको भाष्य स्थापित भएको छ। अन्ततः यो समाजले, यो अवस्थाले, जनताले अनि राष्ट्रले पनि अब बुझ्दै आएको छ। विगत ३३ वर्षदेखि सत्ताको हालीमुहाली गरिरहेका दलहरू र तिनका नेताहरू असफल भएको कुरा छर्लङ्ग भएको छ।

यिनीहरूबाट देश बन्दैन त्यसैले यिनीहरूलाई पदस्थापना गरी सुशासन सहितको भ्रष्टाचार मुक्त मुलुक बनाउनुपर्छ भन्ने अठोटका साथ वैकल्पिक राजनीति गर्न हामी आएका हौँ। राष्ट्रिय स्वतन्त्र पार्टी जन्मनुको औचित्य नै यही थियो र हो।‌ समाजले बुझ्दै गएको छ, अब पनि यिनीहरूबाटै आश गर्नु र गोरु ब्याउनु उस्तै हो। तर यिनीहरूलाई हटाएर मात्र पनि हामिले चाहेको जस्तो काम गर्न सक्छौ जस्तो लाग्दैन। किनभने कर्मचारी(पुलिस देखि सबै संघ(सन्स्थामा यिनिहरुकै आसेपासे छन्। 

साँच्चै परिवर्तन गर्ने नै हो भने निर्वाचन प्रणाली र त्यसमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनुपर्छ। र  कार्यकारी प्रमुखको रूपमा रही उसको मन्त्रिपरिषद्ले देश हाँक्नुपर्छ। यो देशमा अहिलेको अवस्थाको संघीयता घाँडो भयो, यसमा फेर बदल र परिवर्तन आवश्यक छ‌ र त्यसमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नैपर्छ भनि स्थापना कालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीले भन्दै आएको छ र हाम्रो पहिलो राष्ट्रिय भेलामा मार्फत आम जनता माझ हामीले यो धारणा स्पष्ट राखेर अपिल समेत गरिसकेका छौं।

यिनै भ्रष्ट मानसिकता भएका र जनताको करमा आफ्ना आसेपासे र कार्यकर्तालाई पोस्ने आचरण भएका यिनै पुराना दलहरू नैअझ पनि सत्तामा रहिरहने हो भने गणतन्त्र आओस् या राजतन्त्र आओस् जनताले दुःख पाइनै रहनेछन्। यो देशमा व्यवस्था परिवर्तनको नाममा नेपाल आमाको अस्मिता माथि खेलबाड भइरहनेछ।

हो निर्वाचन मार्फत नै, अब यी पुराना दलका भ्रष्ट नेतृत्वहरूको समग्र रूपमा विकल्प खोज्ने बेला आएको छ। जबसम्म भ्रष्ट मानसिकता भएकाहरु मन्त्रिमण्डलमा बसिरहन्छन्, ठेक्कापट्टा मिलाउँछन्, जनताको करले आफ्नो दुनो सोझ्याउँछन् तब सम्म राजा आए पनि गणतन्त्र आए पनि देश बन्दैन। त्यसैले राजा चाहिन्छ या चाहिँदैन वा राजा को बन्ने या नबन्ने भन्ने बहसमा अल्मलिनु भन्दा पनि देशको लागि अझ एक कदममाथि उठेर यो देश बनेको हेर्न चाहने तपाईँ हामी सबै मिलेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनको लागि लड्ने बेला आएको छ। यति मात्र नभई अब गाउँ गाउँ, बस्ती बस्ती, टोलटोल, वडा वडा, जिल्ला जिल्लाबाट सफल नेतृत्व पहिचान गर्ने र जनताको सरकार बनाउने बेला आएको छ। यो एजेन्डाको लागि म र मेरो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) सधैँ थियो, छ, रहनेछ।