१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दुई सचिवको सरुवा, एकलाई कामुको जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

सरकारले दुई सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त समूहका रहेका सचिव सुमन अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।मधु मरासिनीले अवकाश पाएपछि आयोगमा सचिव पद रिक्त थियो। 

त्यस्तै, कर्णाली प्रदेशमा प्रमुख सचिव रहेका लोकनाथ पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। 

हालै,बढुवा भएका सचिव मदन भुजेललाई मधेस प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएको छ। 

त्यस्तै, वरिष्ठतम् सहसचिव विरेन्द्र यादबलाई कर्णाली प्रदेशको कामु प्रदेश सचिवको जिम्मेवारी दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।