मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक चीन नीति र चीनको सुरक्षा चासोमा कांग्रेस नेताहरूको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२२:oo

चीन भ्रमणमा रहेका नेपाली कांग्रेसका नेताहरूले चीनको सुरक्षा चासो र एक चीन नीतिमा आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्।

पूर्वउपप्रधानमन्त्री सुजता कोइराला र देवराज चालिसेले सिचुवान प्रान्तको लेसान सिटीमा आयोजित कार्यक्रममा लिखित मन्तव्य राख्दै चीन नेपालको असल छिमेकी भएकाले उसको चासोका विषयमा नेपाल सरकार सदैव सचेत र सतर्क रहँदै आएको धारणा राखे।

नेतृ कोइरालाले चीनले कला, संस्कृति, सम्पदा र  पुरातात्त्विक महत्त्वका वस्तुको संरक्षणमा गरेको काम नेपालका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरिन्। उनले सम्पदा संरक्षणमा चीनको अनुभव र सहयोग लिन नेपाल सरकारलाई आग्रह पनि गरिन्।

कार्यक्रममा बोल्दै नेता चालिसेले चिनियाँ राष्टपति सी जिनपिङको नेतृत्वमा चीनले अतुलनीय विकास गरेको स्मरण गर्दै चीनको प्रगति नेपालका लागि पनि लाभदायक र उपयोगी हुने विश्वास व्यक्त गरे।

भ्रमण टोलीसँग लेसान सिटीको गुआन यिङका पदाधिकारीले पनि अन्तर्क्रिया गरेका थिए। त्यस क्रममा स्थानीय नेताहरूले आफूहरूले पनि निर्णय प्रक्रियामा प्रजातान्त्रिक अभ्यास सुरु गरेको जानकारी गराएका थिए।

टोलीलाई विभिन्न कृषि एवं नमुना क्षेत्रको पनि अवलोकन गराइएको थियो।