मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२५:oo
Read Time : < 1 मिनेट
समाचार

सुजता कोइराला नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डल चीनको छेन्दुमा, चिनियाँ नेताहरूसँग गम्भीर छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२५:oo

कांग्रेसकी नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजता कोइराला नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डल र चीनको सिचुवान प्रान्तका प्रमुख नेताहरूबिच छेन्दुमा महत्त्वपूर्ण भेटवार्ता भएको छ। 

भेटमा आपसी सद्भाव र सहयोग अभिवृद्धिसँगै कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटनलगायतका विषयमा गर्न सकिने सहकार्यबारे छलफल भएको सहभागी नेता बर्मा लामाले जानकारी दिए। 

नेतृ कोइरालाले लिखित मन्तव्य राख्दै चीन नेपालको एक असल छिमेकी भएको र चीनको चासोको विषयमा नेपाली कांग्रेस र नेपाल सरकार सदैव सचेत रहेको जानकारी गराइन्। उनले नेपाल र नेपालीको हित र विकासका लागि चीनले पुर्‍याउँदै आएको सहयोगको पनि सराहना गरिन्। 

भेटमा सहभागी नेता लामा, किरण यादव र देवराज चालिसेका अनुसार यो भेटले चिनियाँ कम्युनिस्ट पार्टी र  कांग्रेसबिचको सम्बन्ध अझै बलियो बनाउन मद्दत पुग्नेछ।

भेटमा कांगेसका १५ जना नेता सहभागी थिए। चीनको तर्फबाट सिपिसी सिचवान प्रान्तका स्थायी कमिटी सदस्य पुबु डुन्झु, सिपिसी सिचुवानकै विदेश विभाग निर्देशक झाङ फेनलगायत आठजना नेता सहभागी थिए। 

चिनियाँ नेताहरूले नेपालसँगको साँस्कृतिक सहकार्य र विकासलाई पनि सँगसँगै अघि बढाउन इच्छा व्यक्त गरेका थिए । 

भेटवार्ताअघि कोइराला नेतृत्वको ट‍ोलीले सिचवानको  प्रसिद्ध म्युजियम र साँस्कृतिक क्षेत्रको अवलोकन गरेको थियो । 

कोइरालासहितको टोली चार दिन छेन्दुमा बसेर बेइजिङ पुग्नेछ । बेइजिङमा पनि चिनियाँ नेताहरूसँग सौहार्दपूर्ण भेटवार्ताको कार्यक्रम रहेको नेतृ कोइरालाले जानकारी दिइन् ।