१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४४:oo
Read Time : < 1 मिनेट
समाचार

अमेरिका पठाइदिने भन्दै एक करोड ४४ लाख ठगी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुकुम पश्चिम मुसिकोट नगरपालिका– १ घर भई ललितपुर महालक्ष्मी नगरपालिका– ४ बस्ने २४ वर्षीय मनीषराज खड्का, रुकुम पश्चिम मुसिकोट नगरपालिका– २ घर भई काठमाडौं टोखा नगरपालिका– ३ बस्ने २७ वर्षीय मधुकुमार खड्का र ३४ वर्षीय वीरेन्द्र खड्का रहेका छन् । 

उनीहरूले अमेरिका पठाइदिछु भन्दै दुईजना पीडितहरूबाट एक करोड ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनीषराजलाई काठमाडौं महानगरपालिका– ९ बाट तथा मधुकुमार र वीरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका– ८ बाट पक्राउ गरेको हो ।