१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 10 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार

प्रधानसेनापति सिग्देलको निम्तामा भारतीय सेनाका ६ पूर्वप्रमुख नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्षहरू आज नेपाल आएका छन्।

जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), जनरल दीपक कपुर (अ.प्रा.), जनरल (डा. विजयकुमार सिंह (अ.प्रा.), जनरल दलवीरसिंह सुहाग (अ.प्रा.), जनरल (डा. मनोजमुकुन्द नरवणे (अ.प्रा.) र जनरल मनोज पाण्डे (अ.प्रा.) नेपाल आएका हुन्। यो भ्रमण दलले  विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ। यीमध्ये जनलल भिके सिंह भाजपा नेता तथा उत्तरपूर्वी भारतको मिजोरम राज्यका राज्यपाल हुन्।