१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रकृतिको न्यायका लागि भैरहवामा शान्तिपूर्ण र्‍याली, प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाइयो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o७:oo

भैरहवानिवासी प्रकृति लम्सालको न्यायको माग गर्दै भैरहवामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीको समन्वयमा रुपन्देहीका संघसंस्थाले विभिन्न माग समेटिएको प्लेकार्ड बोकी भैरहवामा शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूले प्रकृति लम्सालको न्यायको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेमार्फत प्रधानमन्त्री र भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाएका छन् । 

भैरहवाको देवकोटा चोकबाट सुरु भएको र्‍यालीले बैंकरोड, मिलनचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको थियो । कलेजले तत्कालको समस्या समाधान गर्नका लागि विभिन्न आह्वान  गरेको हुन सक्ने बताउँदै कलेजले विद्यार्थीहरूको सुरक्षा, प्रकृतिको परिवारलाई क्षतिपूर्ति र प्रकृतिको नाममा स्थापना गर्ने भनिएको छात्रवृत्तिका विषयमा दुई देशका प्रतिनिधिहरू सम्मिलित समितिबाट मात्र सहमति गराउन सुझाव दिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले ज्ञापनपत्र बुझ्दै भैरहवाकी नानीको न्यायका लागि आफ्नोतर्फबाट सक्दो समन्वय गर्ने प्रतिबद्धता जनाए । 
सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले कलेज प्रशासनले तत्कालको समस्या समाधन गर्ने गरी हल्का रूपमा लिएको हुन सक्ने बताउँदै मृतक प्रकृतिलाई यो अवस्थासम्म पुर्‍याउन प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्नेलाई अनुसन्धान गरी कडा कारबाहीको माग गरे । 

कलेजमा अध्ययनरत एक युवकले आफूलाई चरम यातना तथा मानसिक दबाब दिएको कुरा पटकपटक क्याम्पस प्रशासनलाई जानकारी गराउँदा पनि प्रशासनबाट कुनै पनि पहल नहुनु र अहिले घटना घटिसकेपछि उत्पन्न परिस्थितिलाई शान्त बनाउन कलेज प्रशासनले दीर्घकालीन योजना नबनाई क्षणिक योजना बनाएको हुन सक्ने बताउँदै यस विषयमा सरकारले गम्भीरता जनाउनुपर्ने उनले बताए । 

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत भैरहवाकी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिमा कलेज प्रशासनका कर्मचारीहरूले नेपाल र नेपाली विद्यार्थीप्रति गरेको अपमानजनक टीका–टिप्पणी स्वीकार्य नभएको भैरहवा मर्निङवाक समूहका अध्यक्ष विजयसागर श्रेष्ठको भनाइ छ । केआइआइटी विश्वविद्यालयलगायतमा नेपाली विद्यार्थी पठाउन तत्काल प्रतिबन्ध लगाउन श्रेष्ठले माग गरे ।

सिद्धार्थनगर नगरपालिका– ८ मा स्थायी घर भई भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत प्रकृति लम्सालको रहस्मय निधनको घटनाले भैरहवावासी शोकमा छन् ।