१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपालमा एमसिसी परियोजना स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४४:oo

नेपालमा मिलेनियम च्यालेन्स कर्पाेरेसन(एमसिसी)अन्तर्गतका परियोजना स्थगित भएका छन्। एमसिसीले अर्थ मन्त्रालयलाई पत्राचार गरी ९० दिनका लागि परियोजना स्थगित भएको जानकारी गराएको छ।

अर्थ मन्त्रालयले मंगलबार प्रेस विज्ञप्तिमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू स्थगन भएको जानकारी दिएको छ। एमसिसीमार्फत नेपालमा प्रसारण लाइन र सडक निर्माणका काम अघि बढेको थियो। 

‘कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ।