
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने मट्टीतेल र डिलेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार आयल निगमले पेट्रोलमा एक रुपैयाँ वृद्धि र डिजल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ।
मूल्यवृद्धिसँगै अब पेट्रोल प्रतिलिटर १६८ पुगेको छ भने डिजेल र मट्टीतेल १५६ रुपैयाँ कायम भएको छ।