१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘इन्डियन ओसन कन्फरेन्स’मा सहभागी हुन परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज शुक्रबार ओमन प्रस्थान गरेकी छिन्।  आजदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी  त्यसतर्फ प्रस्थान गरेकी हुन्। 

उनलाई परराष्ट्रसचिव अमृतबहादुर राई र परराष्ट्रका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। राणा ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अल बुसाइदीको आमन्त्रणमा गएकी हुन्।

‘सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा’ मुख्य विषय राखिएको उक्त सम्मेलनमा परराष्ट्रमन्त्री राणाले नेपालका तर्फबाट सहभागिता जनाउनेछिन्।  साथै परराष्ट्रमन्त्री राणाले सम्मेलनको ‘वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने’सम्बन्धी सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा मन्त्री राणाले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिजमन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। भ्रमणका क्रममा आपसी सहयोगका विभिन्न क्षेत्रहरूका केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ।

परराष्ट्रमन्त्री राणाले मस्कटमा गल्फ कोअपरेसन काउन्सिल (जिसिसी)मा आबद्ध राष्ट्रहरूमा कार्यरत नेपाली राजदूत र कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्ने कार्यक्रम पनि रहेको छ। उनी फेब्रुअरी २० मा स्वदेश फर्कने कार्यक्रम छ।