१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:४२:oo
Read Time : < 1 मिनेट
अर्थ

सचिवपछि विभाग र महाशाखामा अर्थमन्त्री पौडेलले गरे व्यापक हेरफेर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:४२:oo

अर्थसचिव फेरेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभागीय र महाशाखा प्रमुखको व्यापक हरेफेर गरेका छन् । मन्त्रिपरिषद् निर्णयबाट सोमबार मात्र घनश्याम उपाध्यायलाई अर्थसचिव बनाइएको थियो । अर्थमन्त्री पौडेलले बुधबार १४ सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् ।

राजस्वमा दाहाल, भन्सारमा भट्टराई
आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी मदन दाहालले पाएका छन्। उनी अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थिए। अर्थको अर्काे शक्तिशाली विभाग भन्सारमा महेश भट्टराई आएका छन्। उनी मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थिए । गत सोमबारको मन्त्रिपरिषद् बैठकले राजस्वका महानिर्देशक रामप्रसाद आचार्यको सामान्य प्रशासन मन्त्रालय र भन्सारका महानिर्देशक हरिशरण पुडासैनीको योजना आयोगमा सरुवा गरेको थियो।

को कहाँ पुगे ?
थानप्रसाद पंगेनी – वित्तीय संघीयता समन्वय महाशाखाबाट प्रशासन महाशाखा ।
शोभाकान्त पौडेल – सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रबाट आर्थिक नीति विश्लेषण महाशाखा।
महेश आचार्य – आर्थिक नीति विश्लेषण महाशाखाबाट तालिम प्रमुख, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र।
तीर्थराज चिलुवाल – अर्थ मन्त्रालय वा अन्तर्गतबाट उपमहानिर्देशक, आन्तरिक राजस्व विभाग।
सेवन्तक पोखरेल – आन्तरिक राजस्व विभागबाट वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा।
पार्वती अर्याल – अर्थ मन्त्रालय वा अन्तर्गतबाट प्रमुख भन्सार परीक्षण प्रशासक, भन्सार जाँचपास पछीको परीक्षण कार्यालय।
महेश बराल – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट वित्तीय संघीयता समन्वय महाशाखा।
यमुना प्रधान – भन्सार विभागबाट सहमहालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय।
गोपी कृष्ण कोइराला – आन्तरिक राजस्व विभागबाट कार्यालय प्रमुख, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय।
अमृत लम्साल – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट उपमहानिर्देशक, भन्सार विभाग।
श्याम प्रसाद भण्डारी – महालेखा नियन्त्रक कार्यालयबाट योजना अनुगमन तथा मूल्यांकन महाशाखा।
श्रीचन्द्र साह – सूचना प्रविधि विज्ञको रूपमा आन्तरिक राजस्व विभाग।